नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डेको पुन थपियो पदावधि

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृतमा ज्योति प्रकाश पाण्डेलाई निरन्तरता दिएको छ। बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको हो।

पाण्डेको कार्यकाल आज असार मसान्तमा सकिँदै थियो। उनले नेपाल राष्ट्र बैंकबाट करियर सुरु गरेका थिए। ११ महिना काम गरेर उनले राष्ट्र बैंक छाडेका थिए।

पाण्डेले पटना युनिभर्सिटीबाट एमबीए र कोलकाताबाट स्नातक गरेका हुन्। उनको स्कुलिङ भने काठमाडौंको सेन्टजेभियर स्कुलमा भएको हो। 

पाण्डे प्रमुख कार्यकारी भएदेखि बैंकले हरेक वर्ष औसत ४० प्रतिशतमाथि लाभांश वितरण गर्दै आएको छ।