माघ, २७ काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा तोकेको छ ।
युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ १० पैसा र बिक्रीदर १४० रुपैयाँ ८२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६० रुपैयाँ २७ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा कायम भइ कारोबार भइरहेको छ ।








