निजी क्षेत्रको अनियमितता हेर्न दिन अख्तियारको माग

प्रमुख घिमिरे भन्छन्, ‘भ्रष्टाचार पुष्टी भए मन्त्री र सचिवलाई पनि समात्छौं’

१२ साउन, काठमाडौं । आइतबार राज्य व्यवस्था समितिको बैठकमा उपस्थित भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरुले निजी क्षेत्रको भ्रष्टाचार हेर्र्ने अधिकार आयोगलाई दिने कारी काुनी व्यवस्था गपिरदिन माग गरेका छन् ।

निजी क्षेत्र भनेर सबै नभनी जनताको लगानी भएको ‘पब्लिक’ क्षेत्र जनताको प्रत्यक्ष सरोकार र लगानी भएको क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने माग आफुहरुको रहेको प्रम्ुख आयुक्त घिमिरेले बताए ।

समितिमा प्रस्तुतीकरण गर्दै आयोगका सचिव सुरेश अधिकारीले नीजि क्षेत्रबारे थप व्याख्या गरे । अधिकारीले भने, ‘बैंक, वित्तीय क्षेत्र, बीमा कम्पनी र सहकारीमा हुने अनियमितताको छानबिन र अनुसन्धान अख्तियारले गर्न पाउनुपर्छ ।’

यहि विषयलाई समेटेर ल्याइएको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक’ राष्ट्रिय सभामा विचाराधीन छ ।

यो कानुनमा जनताको प्रत्यक्ष सरोकार र लगानी भएको क्षेत्रको भ्रष्टाचार छानविन गर्ने अधिकार अयोगमा रहने गरी व्यवस्था गरिदिन आयोगका पदाधिकारीहरुले समिति समक्ष माग रोखका छन् ।

‘भ्रष्टाचार पुष्टी भए मन्त्री र सचिवलाई पनि समात्छौं’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले आयोग साना ठूला सबै भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन लागिपरेको बताएका छन् ।

अख्तियार ठूला भ्रष्टाचारीप्रति नरम र दुई चार हजार घुस खाने सामान्य कर्मचारीविरुद्ध कडा रुपमा लागेको आरोप लागिरहेका बेला घिमिरेले यस्तो धारणा राखेका हुन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा अख्तियारका प्रमुख आयुक्त घिमिरेले भने, ‘एक रुपैयाँ खाए पनि भ्रष्टाचार भ्रष्टाचार नै हो, हामी साना ठूला भनेर बस्दैनौं । भ्रष्टाचार पुष्टी भए मन्त्री र सचिवलाई पनि समात्छौं ।’

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा घिमिरेले स्टिङ अपरेसनको पनि खुलेरै बचाउ गरे ।

सेवाग्राही र सेवा प्रदायकबीचको टेलिफोन कन्भरसेसन लगायतका आधारमा मात्रै आयोगले स्टिङ अपरेसन गर्ने गरेको उनको भनाइ छ ।

यस्तो अपरेसन गर्दा आयोग पूर्वाग्रही नभएको घिमिरेको दाबी छ । सार्वजनिक खरिदको निर्णयलाई पनि नीतिगत हुनै नसक्ने घिमिरे बताउँछन् । पछिल्लो भ्रष्टाचार बढेको नभइ आयोगले सक्रियता बढाउँदा बढे जस्तो देखिएको उनको भनाइ छ ।

अख्तियारमा कसैको छायाँ नपरेको प्रष्टीकरण

आफुहरुले कुनै पनि आस्थाबाट प्रभावित भएर काम नगरेको उनको प्रष्टीकरण छ ।

‘मैले त बारम्बार भन्ने गरेको छु दायित्वले सम्बन्धलाई थिचेको छ । हाम्रा नतोदारलाइ पनि छोडेका छैनौं । सुशासनलाई स्थापित गराउने सन्दर्भमा मलामी बढाउने काम चाहीँ गरेनौं । उत्तरार्धमा आउँदा मलामी घटाउने नै काम गर्यौं’ उनले भने ।

अख्तियार राजनीतिक दल र सरकारको छायाँमा पर्यो भन्ने सांसदहरुको टिप्पणीको पनि उनले प्रष्टीकरण दिए, ‘राजनीतिक दल र सरकारको छायाँ भन्ने कुरा आयो । अख्तियारमा कसैको पनि छायाँ छैन् । आयोगले आफ्नो काम निश्पक्षतापूर्वक, निर्भिकतापूर्वक सञ्चालन गरेको छ ।’