फागुन, ३ काठमाडौं । नेपाल प्रहरीको मानव बेचविखन नियन्त्रण ब्यूरोले एक जनालाई पक्राउ गरेको छ । श्रीलङ्का पु¥याएर महिलालाई बेचविखन गरेको आरोपमा पक्राउ गरेको हो ।
३६ वर्षीय ‘सुवेदी कान्छो’ र ‘खेम सुवेदी’ पनि भनिने खेमबहादुर सुवेदीलाई ब्यूरोले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर – ३ स्थायी घर भई हाल पर्वतको कुस्मा नगरपालिका वडा नम्बर – २ मा उनी बस्दै आएको पाइएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताए ।
द्विवेदीका अनुसार एक महिलालाई गत वर्ष बैदेशिक रोजगारीको लागि कुवेदमा पैसा नचाहिने भन्दै महिलाको राहदानी पनि आफैंले बनाइ भारतको बाटो हुँदै लगेर श्रीलङ्कामा सुवेदीले बेचविखन गरेका थिए ।
श्रीलङ्कामा १० महिना जेल बसेपछि नेपाली राजदूतावास र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा उनको उद्दार गत मंसिर ३० गते भएको थियो ।
उद्दारपछि उनले सुवेदीविरुद्ध मानव बेचविखनसम्बन्धी कसूरमा ब्यूरोमा उजुरी दिएकी थिइन् ।
ब्यूरोले जिल्ल अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालेको छ ।







