प्रतिनिधिसभा बैठक एकाएक स्थगित, भोलि मात्र बस्ने

काठमाडौँ-  प्रतिनिधिसभाको आज (मंगलबार) का लागि तय गरिएको बैठक स्थगित भएको छ। संसद् सचिवालयले जारी गरेको सूचना अनुसार, आज भदौ ९ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको हो।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम सम्माननीय सभामुख डोलप्रसाद अर्यालले बैठक भोलि २०८३ भदौ १० गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

सूचनामा लेखिएको छ, ‘मिति २०८३ भदौ ९ गते मङ्गलबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले भदौ १० गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’