फागुन,३ काठमाडौ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको विषय राजनीतिक मुद्दा भएको दाबी गरेका छन् । सरकारको तीन वर्षे प्रगती सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको विषय राजनीतिक मुद्दा र राजनीतिक मामिला रहेको बताएका हुन् ।
‘प्रतिनिधि सभा विघटन राजनीतिक मुद्दा हो, राजनीतिक मामिला हो । यो कुनै देवानी वा फौजदारी मुद्दा होइन,’ उनले भने, ‘राजनीतिक मुद्दा भएकाले जनतामा जानु स्वभाविक हो । यसको फैसला पनि राजनीतिक रुपमै हुन्छ । अबको निर्वाचनले बनाउने प्रतिनिधि सभाको अन्तर्यमा परिवर्तन आउँछ ।’







