पशुसेवा विभागमा पहिलो महिला महानिर्देशकमा श्रेष्ठ नियुक्ति

फागुन,३ काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले मन्त्रालय मातहतको पशुसेवा विभागको महानिर्देशकमा डा.दमयन्ती श्रेष्ठलाई नियुत्ती गरेकी छिन् । लामो समयदेखी पशुसेवा क्षेत्रमा कार्यरत श्रेष्ठ पशुसेवा विभागको इतिहासमै पहिलो महिला महानिर्देशक हुन ।नवनियुक्त महानिर्देक श्रेष्ठले आजै पशुसेवा विभागमा आफ्नो पदवहाली समेत गरेकी छिन् ।