फागुन,४ काठमाडौ।नेकपाको प्रचण्ड–नेपाल पक्षका नेता भीम रावलले भारतीय गृहमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय भएको बताएका छन् ।
‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ । यो प्रमं केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो । नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।’–उनले भनेका छन् ।भारतका गृहमन्त्री तथा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का पूर्व अध्यक्ष अमित शाहले नेपाल र श्रीलंकामा भाजपा अनुकुलको सरकार स्थापना गर्ने योजना बनाएको त्रिपूराका मुख्यमन्त्री विप्लव देवले बताएका थिए। त्यसपछि उक्त विषयमा नेपालमा विभिन्न टिकाटिप्पणी भैरहेको छ ।







