प्रदेश १ का सामाजिक मन्त्रीलाई कोरोना संक्रमण

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ।

१३ भदौमा धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला लागेको थियो।

सोमबारदेखि उनलाई ज्वरो पनि आएको सचिवालयले जनाएको छ। मन्त्री घिमिरे शनिबार साँझदेखि निवासकै आइसोलेसनमा बसिरहेका छन्। उनको स्वास्थ अवस्था अहिले सामान्य रहेको चिकित्सकले बताएका छन्।

मंगलबार मन्त्री घिमिरेको परिवारका सदस्य र सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि स्वाव लिने तयारी भएको छ।