फागुन,९ काठमाडौ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवाको साथ र समर्थनका कारण केपी ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताएका छन्।
आज प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई पार्टी सभापति देउवाले साथ दिएको आरोप लगाए।
उनले ओलीलाई देउवाको समर्थनपछि संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा परेको समेत बताए। नेता पौडेलले कांग्रेसको आधिकारिक निर्णय भनेको प्रतिनिधि सभा विघटन असंवैधानिक भन्ने रहेको बताउँदै कार्यकर्तालाई आन्दोलनमा लाग्न आग्रह गरे।







