१७ भदौ, ताप्लेजुङ। ताप्लेजुङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
फुङलिङ नगरपालिका-१० फुरुम्बूकी दुर्गा भट्टराईको चट्याङ लागेर मंगलबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भीर घाइते भएकी भट्टराईको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमै मृत्यु भएको हो।
त्यसैगरी ताप्लेजुङकै सिरिजङ्घा गाउँपालिकास्थित तेल्लोकमा दुई र पेदाङका तीन गरी पाँच जना चट्याङ लागेर घाइते भएका प्रहरीले जनाएको छ।
घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।







