१७ भदौ, पाल्पा। पाल्पाको तिनाउ गाउँपालिका-३ श्रीडाँडामा पहिरोमा पुरिएर एक महिलाको मृत्यु भएको छ।
मंगलबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर माथागढी गाउँपालिका–७ रहवासकी २९ वर्षीया समीक्षा सोमैको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक मदन गिरीका अनुसार पहिरोमा च्यापिएर गम्भीर घाइते भएकी सोमैको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनकी तीन वर्षीया छोरी करिष्मा पहिराले च्यापेर घाइते भएकी छन्। उनको लुम्बिनी सिटी अस्पतालमा उपचार भइरहेको छ।







