फागुन,१२ काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पार्टी एकता जोगाउन संवाद थाल्ने तयारी गरेको छ ।
पार्टी विभाजनले थप राजनीतिक अस्थिरता बढ्ने निष्कर्ष सहित प्रचण्ड पक्षिय नेताहरुसँग संवाद अघि बढाउने भएको हो ।स्थायी समितिको वैठकपछि नेपालवाचसँग कुरा गर्दै ओली पक्षीय एक नेताले पछिल्लो दुई महिनाको राजनीतिक घटनालाई समिक्षा गरेर अगाडी बढ्न सकिने प्रस्ताव ल्याएको छ ।
सो समूहका प्रवक्ता प्रदीप ज्ञवालीले पनि आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताए ।
‘पार्टी एकतालाई बचाउनु पर्छ भनेर हामीले अहिलेसम्म आउँदा कसैलाई कारबाही गरेका छैनौँ, ज्ञवालीले भने, हामीले एकताको ढोका खुल्ला राखेका छौँ ।’
तर पार्टी एकताका लागि दुई पक्षमा शीर्ष नेतावीच संवाद भने शुरु भइनसकेको उनले बताए ।







