१७ भदौ, काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप १२ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ।
आज मृत्यु भएका १२ सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशका आठ जिल्लामा गरी १२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
गौतमका अनुसार ज्यान गुमाउनेमा ६ महिला र ६ जना पुरुष छन्।
पछिल्लो २४ घण्टामा चितवनमा १८ वर्षीया युवती, ५५ वर्षीया महिला र ६५ वर्षका पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
त्यसैगरी काठमाडौंमा ८९ वर्षीया महिला, ७५ र ७० वर्षीय पुरुष, ललितपुरमा ७० वर्षीया महिला, तनहुँमा २० वर्षीया युवती, कपिलवस्तुमा ६० वर्षीया महिला, बारामा ९७ वर्षीय पुरुष, भक्तपुरमा ४० वर्षीय पुरुष र धादिङमा ४७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।







