फागुन, १८ काठमाडौं । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट ६ हजार तीन सय भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ हजार तीन सय ९३ जनाको मृत्यु भएको हो । दुई लाख ८१ हजार सात सय ४१ जना संक्रमित थपिएका छन् ।
कोरोना भाइरसबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा एक हजार तीन सय ७२ जनाको मृत्यु भएको छ भने ४९ हजार नौ सय २३ जना संक्रमित थपिएका छन् ।
ब्राजीलमा आठ सय १८ जनाको मृत्यु भएको छ भने ३८ हजार तीन सय ४९ जना संक्रमित थपिएका छन् ।
यसैगरी फ्रान्समा तीन सय ७५, रुसमा तीन सय ३३, बेलायतमा एक सय चार, स्पेनमा एक सय ५५, इटालीमा दुई सय ४६, जर्मनीमा दुई सय ३७, कोलम्बियामा एक सय, अर्जेन्टिनामा एक सय १२, मेक्सिकोमा चार सय ५८, इरानमा एक सय आठ, इन्डोनेसियामा एक सय ५९, पेरुमा एक सय ९१, बुल्गेरियामा एक सय १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।







