काठमाडौँ। संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक–२०८३ माथि विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा पुस्तकालय नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्ने कार्यक्रम छ । बैठकमा पुस्तकालय प्रमुख एवं प्रतिनिधिहरुलाई छलफलका लागि आमन्त्रण गरिएको छ ।






