ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानमा भिषण आगलागी, ग्लोबल आई एम ई बैंकसँगै ३० घर जलेर नष्ट

आगो अझै नियन्त्रण बाहिर

फागुन, १८ काठमाडौं । ताप्लेजु्ङको दोस्रो ठुलो बजारमा आगलागि भएको छ । मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा विहान ९ बजेदेखि आगलागी सुरु भएको स्थानीय रेडियो तमोरले जनाएको छ । आगलागी सुरुवात भोलानाथ पौडेलको घरबाट भएको हो । हालसम्म दोभान मनिट्रान्सफर र ग्लोबल आई एम ई बैंक सहित ३० ओटा घर पुर्णरुपमा जलेर नष्ट भईसकेको छ ।

आगलागी नियन्त्रणको लागि स्काभेटरको माध्यमबाट केही घरहरु भत्काउने क्रम जारी रहेको छ । आगो नियन्त्रण अहिलेनै आउने सम्भावना नरहेको जनाइएको छ ।

तस्वीरः सांकेतिक