रसुवामा आएको बाढीले ३ प्रहरी कार्यालय बगायो, इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

रसुवा -रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश नेपाल प्रहरीका तीन वटा प्रहरी कार्यालयमा क्षति भएको छ । 

आज बिहान ९ बजे रसुवाको टिमुरे बजारमा आएको आकस्मिक बाढीले टिमुरे बजारका बस्ती बगाउँदा सशस्त्र प्रहरीको बीओपीबाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्विर खत्रीसहित ९ जना सम्पर्कविहीन भएका छन् ।

बीओपीमा भने कुनै क्षति नभएको बुझिएको छ । बीओपीमा कार्यरत ३० जनामध्ये बिदामा ६ जना र १५ जना सुरक्षित रहेको स्राेतले जनाएकाे छ ।