फागुन, १८ ताप्लेजुङ । ताप्लेजुङको दोस्रो ठुलो दोभान बजारमा लागेको आगो सामान्य रुपमा नियन्त्रण भएको छ । स्थानिय रेडियोका सञ्चारकर्मी बसन्त लिम्बूका अनुसार आगलागी केही नियन्त्रणमा आएको छ । नियनत्रणको प्रयास जारी छ रहेको उनले बताए ।
लिम्बूका अनुसार बजारका बीच घरहरु स्काभेटरले भत्तकाइएको छ । बजारको पूर्व भाग जोगाइएको छ । आगो जंगल तर्फ फैलिएको छ ।
जंगल तर्फ पनि केहि घर भएकाले ती घरहरु जोखिम हुनसक्ने सथानियले बताएका उनले बताए ।







