म्यानमारमा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सेनाले ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिए

फागुन, २० काठमाडौं । म्यानमारमा सैन्य ‘कु’ विरुद्धको आन्दोलनमा उत्रिएका सर्वसाधारणमाथि सेनाको गोली लागेर ३८ जनाको मृत्यु भएको छ ।

सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि ‘बिना चेतावनी’ गोली चलाउँदा कम्तीमा ३८ जना मारिएको बीबीसीले जनाएको छ ।

सुरक्षा फौजले विभिन्न शहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

म्यान्मारका छिमेकी मुलुकहरूले संयम अपनाउन त्यहाँको सेनालाई आग्रह गरेको भोलिपल्टै सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको हो । बुधबारको घटनामा १४ देखि १७ वर्षका किशोर किशोरीको पनि मृत्यु भएको सेभ द चिल्ड्रेनले जनाएको छ । एजेन्सी