फागुन, २० काठमाडौं । सरकारले विप्लव समूहको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आज सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति भएपछि प्रतिबन्ध फुकुवा गरेको हो ।
अन्य विषय संवादबाट हल गर्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले जानकारी दिए।








