फागुन,२० गुल्मी।भाडगाउँकी सम्झना खत्रीको हत्यामा संलग्न एकजनालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले आज भाडगाउँकी सम्झना खत्रीको हत्यामा संलग्न एकजनालाई आज पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो।
गुल्मीको रेसुङ्गा नगरपालिकाको वडा न ३ भाडगाउँकै अभियुक्त लाल बहाुदर खत्रीलाई प्रहरीले सार्वजनिक गरेको छ। घटनाअनुसार रेसुङ्गा ३ गुल्मीकी सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भएकि थिन। लामो समयदेखि खोजी गरिरहेको प्रहरीले उनलाई फाल्गुण १ गते मृत अबस्थामा फेला परेकी थिन। सोही दिन भाडगाउँकै अभियुक्त लाल बहाुदर खत्रीलाई नियन्त्रणमा लिएको थियो । खत्री विरुद्ध सम्झनाका ससुरा गणेशबहादुर खत्रीले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको थियो । उनले सम्झनाको हत्या आफैले गरेको स्वीकारेका छन् ।
के कारणले हत्या गरेको भन्ने बारेमा भने खुल्न भने सकेको छैन। लाल बहादुर सम्झनाका छिमेकी ससुरा पर्दछन हुन् । । उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी गरेका थिए ।उजुरीपछि गाडी चलाउँदै आएका श्रीमान् नेत्र बहादुर खत्रीको सोधीखोजी प्रहरीले गर्यो
उनले आफु काठमाडौं, बुटवल रहेको बताएपनि उनलाई प्रहरीले गुल्मीबाटै पक्राउ गरेको थियो। सोधपुछका लागि सासु टोमकला खत्रीलाई प्रहरीले पक्राउ गर्यो। सासू खत्रीले २९ गते राती ३ जना व्यक्ति आएर सम्झनालाई लिएर गएको बयान दिएकि थिन।प्रहरीका अनुसार उनले आफु र १६ महिनाका नातिलाई थुनेर ती ३ जनाले सम्झनालाई लिएर गएका थिए ।
फागुन १ गते प्रहरीले सोधपुछ गरेर टोमकलालाई घर पठायो र घर गएकै राती उनले आत्महत्या गरिन् । उनले आत्महत्या गरेपछि सम्झनाका माइती पक्ष र घर पक्षबीच आक्रोश बढ्यो र प्रहरी कार्यालय घेराउ गरेका थिए।
सम्झनाका घरपक्षले सासुलाई तनाब दिएर आत्महत्या गर्न दुरुत्साहन गरेको भनेर प्रहरीमा उजुरी दिए र त्यसपछि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सम्झनाका बाबुआमा र जेठीआमालाई नियन्त्रणमा लियो।
दुवैपक्षको तीब्र दबाब र आन्दोलनपछि प्रहरीले घटनाको निचोड निकाल्न सकेन । बेपत्ता भएका १९ दिनसम्म केही पत्ता नभएपछि आन्दोलन र धर्नागर्दा पनि सम्झनाको अत्तोपत्तो भएन । यसै बिच १९ दिनमा उनी मृत फेला परेको खबर प्रहरीले पायो र घटनाले अर्को मोड लियो। घरबाट करीब डेढ सय मिटर तल बारीको कुनामा बोरामा राखेर हातखुट्टा बाधेको अवस्थामा क्षेत विक्षेत अवस्थामा सम्झनाको शव फेला परेको थियो ।
गुल्मीमा समझना बोहराको हत्यारा सार्बजनिक







