फागुन, २९ काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने भएको छ ।
बिहान ९ बजे बस्ने बैठकमा नयाँ सत्ता समीकरण र एमालेमा गएका नेतालाई कारबाहीलगायत विषयमा छलफल गर्ने तयारी माओवादी केन्द्रको हो ।
गृहमन्त्री रामबहादुर थापालगायत पूर्वमाओवादीबाट २३ नेतालाई एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्य बनाएपछि ति नेताहरुबारे निर्णय गर्न प्रचण्डले बैठक बोलाएका हुन् ।
एमालेमा गएका आफ्ना नेतालाई पार्टीमै फर्किन आग्रह गर्ने, नमाने कारबाहीको निर्णय गर्ने तयारी गरेको छ।







