चैत, १ काठमाडौं । आज ११ बजे माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक बस्दै छ । पार्टीको नाम र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।
सर्वोच्चको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले व्यतिएपछि नेकपा एमालेमै रहेकाहरुलाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो ।
सरकारमा रहेका गृहमन्त्री रामबहादुर थापा बादल सहित ६ जनालाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिइसकेको छ ।
तर नेकपा एमालले शुक्रबार मात्रै सरकारमा रहेका ६ जनासहित २३ जनालाई एमालेको केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।







