प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित

चैत,१ काठमाडौं । प्रदेश सभा १ को बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ताभइसकेको छ र अबको बैठकमा छलफल गर्नुपर्नेछ ।  तर फागुन ९ गते नै पेश भएको अविश्वास प्रस्तावमाथि  प्रदेशसभामा छलफल नै भएको छैन ।