चैत, १ काठमाडौं । गत वर्षको असोजबाट क्यान्सरले थलिएका पाँचथरका शरबहादुर मेयोङवाको उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।
पाँचथर समाज काठमाडौं नेपालले बी एड बी हस्पिटल ग्वार्कोमा उपचार गराइरहेका पिडित ४२ वर्षिय मेयोङ्वालाई १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।
समाजका महासचिव लक्ष्मीराज तावा र समाजकी सदस्य सरु लिम्बूले उनी उपचाररत अस्पतालमै पुगेर रकम हस्तान्तरण गरेका छन् । पिडित मेयोङ्वाकी श्रीमती राजकुमारी सम्बाहाम्फेले आफ्नो श्रीमानको जिवन रक्षाका लागि पहल गरीदिन समाजसँग अपिल गरेकी छिन् ।
फिदिम नगरपालिका–११ घर भएका मेयोङ्वालाई देश विदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई आर्थिक सहयोग गर्न समाजले अपिल समेत गरेको छ । पिडित मेयोङ्वाको उपचारका लागि अभियान चलाएर सहयोग अपिल गरिने समाजका महासचिव तावाले जानकारी दिए ।
पाँचथर समाज काठमाडौं नेपालको विशेष अधिवेशन
पाँचथर समाज काठमाडौं नेपालले चैत २१ गते विषेश अधिवेशन गर्ने भएको छ ।
कोरोना संक्रमणका कारण गत कात्तिक १६ गते अध्यक्ष खगेन्द्र जबेगूको निधन भएपछि नयाँ अध्यक्ष चयनका लागि अधिवेशनको आह्वान गरिएको महासचिव तावाले जानकारी दिए ।
अधिवेशन २१ गते ११ः३० बजे बाट गरिने कार्यसूचि रहेको उनले जानकारी दिए ।
त्यस्तै, समाजको बागबजारमा सम्पर्क कार्यालयसमेत स्थापना गरेको छ ।







