एमाले विवाद : ओलीले माधव नेपाल समूहसँग छलफल गर्ने

चैत, २ काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई छलफलका लागि बोलाएका छन् । एमालेमा उत्कर्षको विवाद समाधानका लागि छलफल गर्न लागिएको स्रोतले जनाएको छ ।

एमाले स्रोतका अनुसार आज ११ बजे दुवै पक्षका नेताहरु वार्तामा बस्ने भएका हो । पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल,उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् ।

त्यस्तै अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने बताइएको छ ।