२७ भदौ, काठमाडौं ।
कोरोना संक्रमणका कारण रुपन्देहीमा गए राती एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–४ का ४० वर्षिय पुरूष छन् ।
उनी भदौ १४ गते कोरोना विशेष अस्पताल बुटवलमा भर्ना भएको अस्पतालले जनाएको छ । उनको शुक्रबार राती साढे १२ बजे मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमका अनुसार उच्च ज्वरोका कारण उनी अस्पताल पुगेका थिए ।
पिसिआर परीक्षणबाट कोरोना पुष्टि भएपछि उनलाई कोरोना विशेष अस्पतालमा राखिएको थियो । भेन्टिलेटरमा उपचारकै क्रममा उनको मृत्यु भएको हो ।







