२७ भदौ, काठमाडौं ।
पछिल्लो २४ घन्टामा ललितपुरमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरका विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
मृत्यु हुनेमा एक ५१ वर्षिय पुरूष छन् । काठमाडौं घर भएका उनी भदौ १९ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका थिए । उनको शुक्रबार बिहान २ बजे मृत्यु भएको हो ।
यसैगरी सोही अस्पतालमा उपचाररत भक्तपुरका ७२ वर्षिय पुरूषको पनि मृत्यु भएको छ । गए राती पौने १० मा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । भदौ १७ गते उनी उक्त अस्पतालमा भर्ना भएका थिए ।
भदौ २६ मा भर्ना भएका अर्का संक्रमितको पनि मृत्यु भएको छ । ललितपुरकै मेघा अस्पतालमा भक्तपुरका ३८ वर्षिय पुरूषको मृत्यु भएको हो । शनिबार बिहान पौने ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।







