एमालेको माधव नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

राष्ट्रिय भेलाको प्रस्ताव र योजना बनाइने

चैत, ३ काठमाडौं । नेकपा एमालेका माधव नेपाल पक्षले आज स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार र बिहीबारको राष्ट्रिय भेलाका प्रस्ताव तथा योजना बनाउन स्थायी कमिटी बैठक बोलाएको छ । आज बस्ने बैठकले राष्ट्रिय कार्यकर्ता भेला र त्यसपपछिका योजना तय गर्ने एक नेताले बताए ।

एमाले स्थायी कमिटीका २२ जना सदस्यमध्ये नेपाल पक्षमा ११ जना छन् । पार्टी अध्यक्ष केपी ओलीले फागुन २८ गतेको विशेष बैठकका निर्णय खारेज नगरे समानान्तर कमिटी सन्चालन गर्ने तयारी नेपाल पक्षको छ ।

बुधबारको भेलाको बारेमा जानकारी दिन नेपाल पक्षले आजै अपराह्न पत्रकार सम्मेलन आयोजना गरेको छ ।