बालुवाटारको चियापान : एमाले नेता र सांसदलाई चिकेन कटलेटदेखि कालाजामुन सम्म

चैत,३ काठमाडौ ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय कमिटी सदस्य तथा सांसदहरूका लागि मंगलवार चियापान आयोजना गरे ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलवार आयोजित चियापानमा एमालेकै झलनाथ खनाल – माधव नेपाल तथा वामदेव गौतम पक्ष भने उपस्थित भएन ।

चियापानमा खानेकुराको व्यवस्थापन गर्ने जिम्मा कार्की क्याटरिङलाई दिइएको थियो ।चियापानमा पार्टीकै अर्को पक्ष अनुपस्थित भएको प्रति प्रधानमन्त्री ओलीले असन्तुष्टि प्रकट गरे ।बैठक नै बसेर पार्टीको चियापानमा सहभागी नहुने निर्णय गरिएको उनको गुनासो थियो । खनाल-नेपाल समूहले आजको चियापानमा सहभागी नहुने निर्णय सोमवार गरेको थियो ।