५ कम्पनीको ह्याण्ड सेनिटाइजर बिक्रीमा रोक

भदौ २७, काठमाडौं । विषाक्त रसायन मिसाएर ह्याण्ड सेनिटाइजर बिक्री वितरण गरेको भन्दै ५ कम्पनीलाई विक्री वितरणमा रोक लगाईएको छ ।

औषधि व्यवस्था विभागले विभिन्न ५ कम्पनीले उत्पादन गरेको ह्याण्ड सेनिटाइजरमा विषाक्त रसायन मिसाएको पाइएको भन्दै बिक्री वितरणमा रोक लगाएको हो ।

विभागले सूचना जारी गर्दै नेपाल कायाकल्प उद्योग भक्तपुर तथा हाइजिन सोप एण्ड केमिकल, आधार केमिकल एण्ड फुट इन्डस्ट्रिज, सर्च चेम कम अर्बल प्रोडक्ट र सूर्यमुखी अर्बल काठमाडौंले उत्पादन गर्दै आएको ह्याण्ड सेनिटाइजरमा विशाक्त रसायन समावेश भएको पाइएको भन्दै रोक लगाएको जनाएको छ ।