एमालेको संसदीय दलको बैठक

चैत, ५ काठमाडौं । आज नेकपा एकालेको संसदीय दलको बैठक आज बालुवाटारमा बस्दै छ । अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बोलाइएको छ ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।

बैठकबारे पार्टीका सबै सांसदहरुलाई जानकारी गराइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

बैठकमा सूर्य चिह्नबाट चुनाव जितेका सबै सांसदहरुलाई आउन भनिएको छ । बैठकमा माधवकुमार नेपाल र झलनाथ खनाल समूह भने सहभागी नहुने बताएको छ।