चैत, ६ काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको अध्यक्ष पदमा वर्तमान अध्यक्ष डा.शीतलकाजी श्रेष्ठ र पशु सेवा विभागका पूर्व महानिर्देशक डा. वंशी शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।
अध्यक्ष पदका लागि ३ जनाको चर्चा चलेपनि २ जनाले मात्र उम्मेद्वारी दिएका छन् । यसअघि डा. कृष्ण काफ्ले अध्यक्षमा उठ्ने चर्चा चलेपनि उनले उपाध्यक्ष पदका लागि उम्मद्वारी दिएका छन् । उपाध्यक्षमा डा.काफ्ले र डा.ग्रिष्म न्यौपानेबीच प्रतिस्पर्धा हुने भएको छ । न्यौपाने वर्तमान कार्यसमितिमा महासचिव हुन् ।
एशोसिएनमा महासचिव, सचिव, प्रधान सम्पादक र कोषाध्यक्ष पदमा भने निर्विरोध निर्वाचित भएका भएका छन् । महासचिवमा डा. अशेष भट्टराई निर्वाचित भएका छन् । उनी यसअघिको कार्यसमितिमा सचिव पदमा थिए । त्यस्तै सचिवमा डा. रामचन्द्र सापकोटा, प्रधान सम्पादकमा डा. सुरेन्द्र कार्की निर्वाचित भएका छन् । त्यस्तै कोषाध्क्षमा डा. सिकेश मानन्धर निर्वाचित भएका छन् ।
एशोसिएशनको ६ जना सदस्य पदका लागि १२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । निर्वाचन समितिको कार्यतालिका अनुसार आज २ बजेबाट ४ः३० सम्म हुने छ । कृषि तथा पशसुपन्छि मन्त्री पद्मा अर्यालले निर्वाचन कार्यक्रमको उद्घाटन गर्ने भएकी छिन् ।







