बडाल महान्यायाधिवक्ता नियुक्त

चैत, ७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका सिफारिशमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी छिन् ।

यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबारदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए । राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गर्नुभएको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेका छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।