नेपाल भेटेरिनरी एशोसिएशनको अध्यक्षमा पुनः डा.श्रेष्ठ निर्वाचित

एशोसिएशनमा श्रेष्ठ लगातार तेस्रो पटक नेतृत्वमा

चैत, ६ काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएशनको अध्यक्षमा पुनः डा.शीतलकाजी श्रेष्ठ निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा आफ्नो प्रतिस्पर्धि डा. वंशी शर्मासँग फराकिलो मत अन्तरका साथ श्रेष्ठ विजयी भएका हुन् ।

श्रेष्ठले जम्मा खसेको ४८६ मत मध्ये ३८६ मत प्राप्त गरेका थिए । उनका प्रतिद्न्दी शर्माले मात्र ९६ मत प्राप्त गरेका छन् ।

यसअघि पनि २ पटक अध्यक्ष भइसेका श्रेष्ठ तेस्रो कार्यकाल नेतृत्वमा पुगेका हुन् ।

त्यस्तै, एशोसिएशनको उपाध्यक्षमा झिनो मतान्तरले डा. कृष्ण काफ्ले विजयी भएका छन् ।

काफ्लेले २ सय ४९ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी डा. ग्रिष्म न्यौपानेले २ सय ३४ मत प्राप्त गरेका छन् ।

महासचिवमा डा. अशेष भट्टराई निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघिको कार्यसमितिमा सचिव पदमा थिए । त्यस्तै सचिवमा डा. रामचन्द्र सापकोटा, प्रधान सम्पादकमा डा. सुरेन्द्र कार्की निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा डा. सिकेश मानन्धर निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्य पदकामा डा. शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजितकुमार कर्ण, डा. महेश्वर दाहाल, डा. रकसन कर्माचार्य, डा. सविना लम्साल विजयी भएका छन् ।