चैत, ८ काठमाडौ । जनता ससमाजवादी पार्टी नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गर्ने रणनीतिमा लागेको टिप्पणी गरेका छन् ।
ओलीले एमालेभित्रबाटै थप अधिकार पाएको प्रसंगलाई उल्लेख् गर्दै नेता भट्टराईले नेपालमा हिट्लरको उदय भइरहेको समेत दाबी गरेका छन् ।
डा. भट्टराईले ट्वीट गर्दै लेखेका छन्–हिट्लरबारे चर्चित भनाई छ–पहिले उनीहरु यहुदीविरुद्ध जाइलागे म बोलिनँ किनकी म यहुदी थिइन्..अन्यमा उनीहरु मविरुद्ध आइलागे, कोही बोलेन किनकी कोही पनि बाँकी थिएन् । नेपाली हिट्लरको उदय त्यसरी भैरहेछ उसले पार्टी, राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदै छ । होसियार !







