२७ भदौ, काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार १७६ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ ।
यस्तै बितेको २४ घण्टामा थप ८५२ जना संक्रमणमुक्त भएका छन् ।







