सिभिल अस्पतालका ६ जना कोरोना संक्रमित

भदौ २८, काठमाडौं ।
बानेश्वरस्थित सिभिल अस्पतालका ६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा तीन जना नर्स रहेका छन् ।

संक्रमण नियन्त्रणका लागि खटिएकी एक वरिष्ठ नर्समा संक्रमण भेटिएको हो । अस्पतालको शल्यक्रिया तथा रगत रोग कक्षमा खटिएका अन्य दुई स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको अस्पतालले जनाएको छ ।

त्यहीँ कार्यरत सुरक्षागार्ड, एक लेखाका कर्मचारी र हेल्परलाई पनि संक्रमण पुष्टि भएको छ ।