भदौ २८, ताप्लेजुङ ।
जिल्लाको एक निजी विद्यालयमा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुलराज सुब्बा रहेको प्रहरीले जनाएको छ ।
उनले छात्रावासमा बस्दै आएकी १४ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ । बालिकाका अनुसार १५ दिन अघिदेखि नै सुब्बाले गृहकार्य गराउने भन्दै उनीमथि यौनजन्य दुव्र्यवहार गर्दै आएका थिए ।
भदौ २० मा बलात्कार गरेपछि उनले प्रहरीमा उजुरी दिएकी हुन् । प्रहरीले उनको स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल फिदिम पठाएको छ ।
पक्राउ परेका सुब्बा सदरमुकाम फिदिमकै निलकण्ठ बोर्डिङ स्कुलका प्रधानाध्यापक थिए । उजुरीपछि विद्यालय व्यवस्थापन समितिले उनलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ ।







