चैत, ३० काठमाडौं । आजका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितीको बैठक स्थगित भएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाई गोविन्दराज पौडेलको निधनका कारण बैठक स्थगित गरिएको हो ।
भाईको निधनका कारण वरिष्ठ नेता पौडेल उपस्थित नहुने भएपछि बैठक स्थगित गरिएको हो ।
आजको बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशनका विषयमा छलफल गर्ने बताइएको थियो ।
साथै अर्को बैठकका विषयमा साँझसम्म निर्णय आउने बताइएको छ ।







