चैत, ३० काठमाडौं । मानिस यतिसम्म क्रुर हुदो रैछ भन्ने प्रमाण अहिले समाजिक सञ्जालमा भाइरल भएको छ ।
अहिले समाजिक सञ्जालमा यस्तो एउटा भिडियो भाइरल भइरहेको छ की जुन एउटा कुकुर माथि निर्मम तवरलबाट गरिएको हत्याको हो । भिडियोमा देख्न सकिन्छ की एउटा कुकुरलाई सडक छेउको पोलमा बाधेर दुई जना मानिसले निर्मम र क्रुर हत्या ।
उक्त घटना काभ्रेमा धुलिखेल २८ किलोमा भएको समाजिक सञ्जालमा उल्लेख भएको छ । भिडियोमा कुकुरलाई पोलमा बाधेर दुइजना मानिसले रड र कोदालोले प्रहार गरिएको देख्न सकिन्छ ।
समाजिक सञ्जालमा भाइरल भिडियोमा यीनलाई कुनै सजाय हुँदैन ? भन्दै भिडियो पोष्ट भएको छ । दोषी पत्ता लगाएर कडा कारवाही गर्नुपर्ने माग सञ्जालमा राखिएको छ ।
उक्त विषयमा पशु कल्याण संघ नेपालले वास्तविकता पत्ता लगाएर दोषि माथि कडा कार्वाही गर्नुपर्ने बताएको छ ।
असाध्यै क्रुर तरिकाबाट कुकुरको हत्या भएको भिडियो भाइरल







