भदौ २८, सिन्धुपाल्चोक ।
बाह्रबिसे पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ । अझै २८ जना हराइरहेका छन् ।
उक्त नगरपालिकाको वडा नं. ७ को तीन छुट्टाछुट्टै स्थानमा आइतबार बिहान पहिरो गएको थियो । जसमा तीन महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नागपुजेकी ६५ वर्षिया भक्तिमाया श्रेष्ठ, २३ वर्षिया जुनुमाया विक र नेवार टोलकी ४० वर्षिया सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ ।
घटनास्थलमा उद्धार कार्य चलिरहेको प्रहरीले जनाएको छ । तीन जना घाइतेलाई अस्पताल पुर्याइएको छ भने पुरिएका घरबाट माटो हटाउने काम भइरहेको छ ।







