वैशाख, ११ काठमाडौं । भूकम्पले भत्काएको धरहरालाई यथावत् अवस्थामा राखेर त्यसको आडैमा नयाँ नयाँ धरहरा निर्माण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहका बीच उद्घाटन गरेका छन् ।
२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त बनाएको धरहरा ६ वर्षपछि नवनिर्माण भएको छ । भूकम्प आएकोभन्दा एक दिन अगाडिको तिथिमा ओलीले धरहराको उद्घाटन गरेका हुन् ।
२०७५ सालमा कात्तिकमा धरहराको नवर्निमाण सुरु भएको थियो । कोरोनाका कारण निर्माणमा केही ढिलाइ भएको थियो ।







