२८ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ को नागपुजेमा गएको पहिरोमा परेका मध्ये ९ जनाको शव फेला परेको छ । पहिरोमा परेका ४ जनाको उद्धार गरी उपचार भइरहेको घटना स्थल पुगेर फर्कीएका बागमतीका प्रदेशमा सांसद सरेस नेपालले जानकारी दिए ।

उनका अनुसार ३१ जना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्या भइरहेको उनले जानकारी दिए । वेपत्ताको उद्धारका लागि नेपाली सेना, ससस्त्र प्रहरी र जनपथ प्रहरी खटिएको उनले जानकारी दिए ।
पहिरोमा परेर विस्थापितका लागि अस्थाई सेल्टरको व्यवस्था भइरहेको सांसद नेपालले हाम्रो पत्रिकालाई जानकारी दिए ।







