एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बस्दै

वैशाख, १२ काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै । बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा १०ः३० बजे बस्ने भएको हो ।

यो बैठक बैशाख ६ र १० गतेकै निरन्तरता हो । कार्यालय सचिव तामाङका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल हुने र माधव नेपाल पक्षका सांसदहरुलाई सोधिएको स्पष्टीकरणबारे निर्णय हुनसक्ने उनले बताए ।

६ गतेको बैठकले संघीय संसदका २७ र कर्णाली प्रदेशका ५ जना माधव नेपाल पक्षीय नेताहरुलाई स्पष्टीकरण सोधिएको थियो । सबैले गएको विहीबार नै जवाफ पठाइसकेका छन् । १० गतेको बैठकले यसबारे केहि निर्णय गरेको थिए ।

१० गते बसेको बैठकले स्थायी कमिटी बनाउने निर्णय गरेको थियो। १९ सदस्यीय स्थायी कमिटीमा नेपाल पक्षका कसैलाई पनि राखिएको छैन।