भक्तपुर हत्याकाण्डः बैंक र ससुरालीकोे ऋणका कारण हत्यापछि आत्महत्या

२८ भदौ, काठमाडौं । मध्यपुरठिमी नगरपालिका–९ निकोसेरामा भएको हत्याकाण्ड ऋणका कारण भएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले गत शुक्रबार कुकुरसहित ३६ वर्षीय सुदीप अधिकारी, ३४ वर्षीया श्रीमती सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव घरमै भेटाएको थियो ।

सुदीपले कृषि बैंकबाट २३ लाख र ससुराबाट पसल सञ्चालनका लागि २ लाख रुपैयाँ ऋण लिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । सोहि ऋणको विषयलाई लिएर श्रीमती र छोराबीच झगडा हुने गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

श्रीमती छोरासहित बस्दै आएका सुदीपले नै हत्यापछि आफूले पनि आत्महत्या गरेको खुलेको प्रहरीलेको निष्कर्ष छ ।

छोरा र श्रीमतीको शव सडेको अवस्थामा फेला पारेको थियो । केही दिन अगाडि श्रीमती र छोराको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए ।

अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार लाससँगै धारिलो हतियार पनि भेटिएको छ । सेलफोस भन्ने मुसा मार्ने विषको खाली बट्टा भेटिएको छ । श्रीमती र छोराको हत्यापछि सुदीपले उक्त विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उक्त विष कचौरामा घोलेर लेदो बनाएको अवस्थामा प्रहरीले फेला पारेको छ ।

प्रहरीले फेला पारेका प्रमाण्लाई विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाएको जानएको छ ।

हत्यापछि आत्महत्या गर्ने शिलशिला बढेको जानकारहरु बताउछन् । त्यस्तै विष सेवन गरेर आत्महत्या गर्नेको संख्या पनि उतिकै छ ।

कुनै पनि औषधि होस या विषादी होस खरिद गर्दा चिकित्सको पुर्जी आवश्यक पर्छ ।

तर नेपालमा भने त्यस्ता विषादी किन्न लाई कुनै पुर्जी चाहिदैन् । निर्वाद रुपमा एग्रोभेटहरुमा विषादी पाइने जानकारहरु बताउछन् । यस विषयमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने जानकारहरुको भनाई छ ।