२९ भदौ, काठमाडौं । विश्वलाईनै अस्तव्यस्त बनानाउने गरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख २६ हजार ९ सय १० जनाको मृत्यु भएको । हालसम्म विश्वभरका २ करोड ९१ लाख ७ हजार ९ सय ७० जनामा कोरोना संक्रमण फैलिएको छ ।
विश्वभरबाट २ करोड ९ लाख ४७ हजार ३० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६० हजार ९ सय ६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ९८ हजार २ सय ८९ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा १७ हजार ८ सय ८५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ६६ लाख ९४ हजार ४ सय ८६ पुगेको छ । हालसम्म ३९ लाख ५९ हजार २ सय ५२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १४ हजार ३ सय ६६ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र १ सय ६१ जनाको कोरोनाको कारण ज्यान गएको छ ।
भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७९ हजार ६ सय ९० पुगेको छ । बितेको २४ घण्टामा ८६ हजार १ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४८ लाख ३७ हजार ९ सय ५२ पुगेको छ । हालसम्म ३७ लाख ६७ हजार ५ सय ४२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
ब्राजिलमा बितेको २४ घण्टामा ३ हजार ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमित संख्या ४३ लाख १९ हजार १ सय ८४ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण १ लाख ३१ हजार ४ सय ८ जनाको ज्यान गएको छ ।
रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १८ हजार ५ सय ७८ पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ४ सय ४९ जनामा कोरोना पुष्टि भएको र ९४ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म १० लाख ६२ हजार ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पेरुमा हालसम्म पेरुमा ३० हजार ५ सय ९३ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ७ लाख २२ हजार ८ सय ३२ जनामा कोरोना संक्रमण देखिएको छ ।







