एक लाखमा बने राष्ट्रिय ट्रमा सेन्टरका ७ वटा भेन्टिलेटर

२९ भदौ, काठमडौं । नेपालको एकमात्र राष्ट्रिय ट्रमा सेन्टर महाबौद्धमा रहेको ७ वटा भेन्टिलेटर मर्मत गरीएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले ७ वटा भेन्टिलेटर करिव १ लाख रुपैयाँमा बनेको बताएका छन् ।

बेला भिस्टा कम्पनीका ति भेन्टिलेटको मर्मतका लागि चाहिने सेन्सरहरु सन्दिप रानाले उपलब्ध गराएको पुनले जनाकारी दिए । रानाले उक्त सेन्सरहरु ल्याएको पैसा नलिएको र सेन्टरलाई सहयोग गरेको पुनले बताए ।

उक्त कम्पनीको भेन्टिलेटर बजार मूल्य करिव १९ लाख रुपैयाँ पर्ने पुनले बताए ।

उक्त भेन्टिलेटर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रका बायो–मेडिकल ईन्जिनियरहरुसंग सोहि अस्पतालको ईन्जिनियरहरु र सो भेन्टिलेटर कम्पनीको सप्लायरको ईन्जिनियरले सहयोग गरेका थिए ।

पुनले अन्य अस्पतालहरुबाट पनि मर्मतका लागि अनुरोध भइरहेको बताए । उनले सकेसम्म अरु अस्पतामा विग्रेका भेन्टिलेटर मर्मत गर्ने बताए ।