जेठ, १६ काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी आज बस्दै छ ।
बैठक आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्रोतले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
एमालेको अघिल्लो स्थायी कमिटी बैठकले सुरेन्द्र पाण्डे,घनश्याम भुसालसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।







